गतवर्ष ७५३ स्थानीय सरकारमध्ये कतिले डोजर किने ? संख्या सुनेर सबै जिल्ल हुन्छन् । नीतिगत रूपमा बजेटलाई हेर्ने नयाँ चस्मा लगाउन एकदम आवश्यक छ ।
यस बजेटले अर्थतन्त्रको नयाँ दिशा दिने संकेत गर्छ कि गर्दैन ? हामी नेपाली सांकेतिक कुरामा धेरै विश्वास राख्छौं । जति फोहोर भए पनि, चोखो पानी छर्किदिए पुग्छ, हामीलाई । ट्राफिक नियम वर्षभरि किन पालना गर्ने, ट्राफिक सप्ताहमा माने पुगिहाल्छ । Read more