जनसंख्याको हिसाबले हेर्ने हो भने नेपाल विश्वको ४० औं ठूलो देश हो। भौगोलिक आधारमा पनि नेपालभन्दा साना सयभन्दा बढी देश छन्। तै पनि आफूलाई चिनाउँदा हामी नेपाल सानो देश हो भन्छौँ। यो लघुताभाषबाट माथि उठेर आफ्नै विशालतालाई अँगाल्न एउटा आमूल परिवर्तन आवश्यक छ। ‘अर्थात् परिवर्तन’ नेपाल र नेपालीले तय गर्नुपर्ने सकारात्मक परिवर्तनको खाका हो। संसारभरि छरिएर बसेका ग्लोबल नेपालीलाई नेपाल र नेपालीको भविष्यको सकारात्मक परिवर्तनको यात्रामा जोडिन बनाइएका सूत्रहरूको संगालो हो ‘अर्थात् परिवर्तन’।